Opens in a new tab

गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाउँदा घाइते

रासस

29Shares
dida bag ad

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन्।

आज दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट–२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए।

श्रीमान संग सामान्य झै–झगडा हुँदा आफ्नै कोठामा भित्रबाट चुकुल लगाई शरीरमा पेट्रोल छर्की आगो लगाई घाइते भएको पौडेलले बताए।

उनको अनुहारलगायत शरीरको माथिल्लो भाग जलेको प्रहरीले जनाएको छ। घाइते कुमालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

किवीले दिएको सफलताको स्वाद

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे