गण्डकी प्रदेश

गायिका समीक्षाले दिइन् चार फेसबुक पेजविरुद्ध साइबर ब्युरोमा उजुरी

नवलपुर टुडे
२०८० भदौ ११ | मध्यान्ह ०३:०५ बजे

काठमाडौं, भदौ ११ । आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै गायिका समीक्षा अधिकारीले साइबर ब्युरोमा चार फेसबुक पेजविरुद्ध उजुरी दिएकी छन् । ‘अष्ट्रेलियाले कालोसूचीमा’ राखेको भन्ने खबरलाई प्रतिवाद गर्दै फेसबुकका केही पेजविरुद्ध किटानी जाहेरी दिएको अधिकारीले उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याक लिस्टमा राखेको’ भन्ने झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवादस्वरुप केही सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु । वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ ।’

Samikshya Adhikari Statement

 

 
 

कमेन्टहरु