पूर्वी नवलपरासीको दुम्कीबासमा बस दुर्घटना हुँदा २९ जना घाइते

नवलपुर टुडे
29


दुम्कीबास । महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार धनगढीबाट काठमाडौं जाँदै गरेको रात्रिबस आज बिहान सवा ४ बजे दुम्कीबासमा दुर्घटना हुँदा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ ।
उनीहरु दुई जनासहित कावासोतीमा उपचार हुन नसकेका १२ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । धनगढीबाट काठमाडौं जाँदै गरेको ०१ ००१ ख २९८६ नम्बरको रात्रिबस दाउन्नेको घ्युखोलामा पल्टिएको हो । ब्रेक फेल भएका कारण बस पल्टिएको प्रहरीले जनाएको छ ।
एक बच्चासहित अर्का एक पुरुष गम्भीर घाइते भएका हुन् । दुम्कीबास प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा धनगढीका ४९ वर्षका मित्रसिंह खड्का र ६ वर्षकी रश्मी दर्लामी मगर रहेका छन् । अन्यको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर
२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी
२०८३ कार्तिक १९ | मध्यान्ह ०७:०७ बजे

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई
२०८३ कार्तिक १९ | मध्यान्ह ०६:०७ बजे

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे












