गण्डकी प्रदेश

कागबेनीमा बाढीले पुरिएको बैंकको १ करोड ६५ लाख भेटियो

नवलपुर टुडे
२०८० भदौ ३ | मध्यान्ह ०४:०५ बजे

जोमसोम, भदौ ३ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा बाढीले पुरिएको दुई वटा बैंक तथा वित्तीय संस्थाको १ करोड ६५ लाख रकम भेटिएको छ ।

कागबेनीमा सञ्चालनमा रहेको प्रभु बैंक शाखाको ६५ लाख नगद मौज्दात शुक्रबार भेटिएको थियो । यस्तै आइतबार दिउँसो २ बजे कागबेनी शाखा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नगद मौज्दात रहेको १ करोड ५ लाख भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

अविरल वर्षाका कारण आएको बाढीले गत साउन २८ गते साँझ उक्त दुई वटा बैंक तथा वित्तीय संस्था डुबानमा परेको थियो । बाढीले बैंक तथा वित्तीय संस्था रहेको घरसँगै २९ घरमा पूर्ण क्षति भएको थियो भने १३ घरमा आशिंक क्षति भएको थियो ।

कमेन्टहरु