महाराजगञ्च चिकित्सा क्याम्पसमा स्ववियुको ताला


काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पस र जनस्वास्थ्य केन्द्रीय विभागको संयुक्त स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा तालाबन्दी गरेको छ ।
त्रिविबाट पटकपटक पत्राचार भएपनि क्याम्पसमा व्यवस्थापत समिति गठन नभएको, नीतिगत कार्यहरूमा स्ववियुलाई संलग्न नगराएको भन्दै तालाबन्दी गरिएको बताइएको छ । विग
विद्यार्थीका विभिन्न मागमा ५० वर्षपहिले बनेको होस्टेलको क्षमता बढाउनु पर्ने, नियमित कक्षा सन्चालन हुनु पर्ने, परिवर्तित शैक्षिक निति बनाउन पर्ने, खेल्ने ठाउँ व्यवस्थित हुनुपर्ने, क्यान्टिन चाँडो सञ्चालनमा ल्याउनुपर्ने लगायतका छन् । तर, क्यापस प्रमुख डा. अर्जुन लामिछानेले सुधारका लागि बेवास्ता गरेको स्ववियुको आरोप छ ।
शुक्रबार बुझाइएको मागको सुनुवाइ नभएकाले स्ववियुले आन्दोलन सुरू गरेको सचिव विपना कँडेल र अध्यक्ष आनन्दकुमार सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त ४-५ महिनादेखि उठाइएका माग सम्बोधन नभएको आन्दोलनरत् पक्षले जनाएको छ ।























