Opens in a new tab

पत्रकार देवकोटालाई ५० हजार राशीको गंगा ज्योति स्मृति पुरस्कार

नवलपुर टुडे

29Shares
dida bag ad

चितवन, साउन १। चितवनका पत्रकार सन्तोष देवकोटाले ५० हजार राशीको गंगा ज्योति स्मृति पुरस्कार प्राप्त गरेका छन् । परमपुजनीय माता पिताको पुण्यस्मृतिमा अद्वैत संस्थाका केन्द्रिय सभापति एवम् प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीद्वारा स्थापित गंगा–ज्योति स्मृति पुरस्कारबाट पत्रकार देवकोटालाई नगदसहित पुरस्कृत गरिएको हो ।

डा. क्षितिज चन्द्र चक्रवर्तीवाट स्थापित अद्वैत संस्थाको काठमाडौं–२८ स्थित केन्द्रीय कार्यालयमा आयोजित गुरु आमा जयन्ती महासत्संग समारोह–२०८० को अवसरमा सो पुरस्कार बितरण गरिएको हो । अद्धैत संस्थाका केन्द्रिय सभापति अनन्तलाल सरस्वतीले उक्त पुरस्कार २०७३ सालमा स्थापना गरेका थिए ।

चितवनवाट प्रकाशित लोकतन्त्र सन्देश दैनिक पत्रिकाका कार्यकारी सम्पादक रहेका देवकोटा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत छन् ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे