पत्रकार महासंघ चितवन कार्यालयमा समाजवादी प्रेस संगठनको तालाबन्दी

नवलपुर टुडे


चितवन, असार २५ । पत्रकार महासंघ चितवन कार्यालयमा महासंघ सदस्य शुद्धिकरणको विरोधमा माधवकुमार नेपाल निकट समाजवादी प्रेस संगठन चितवनले तालाबन्दी गरेको छ ।
संगठनका जिल्ला अध्यक्ष टिकादत्त तिमिल्सिना र उपाध्यक्ष रामु आचार्यको नेतृत्वमा गएका संगठनका पदाधिकारीहरुले आज कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले महासंघले पेसामा क्रियाशिल नभएका पत्रकारहरुको सदस्यता नविकरण नगरेपछि त्यसको विरोधस्वरुप तालाबन्दी गरेका हुन् । संगठनले प्रेषित गरेको विज्ञप्तिमा २०८० चैत मसान्तसम्मको अवधिमा नविकरण गरेका पत्रकारहरुको सदस्यता बिना शर्त कायम गर्न माग गरेको छ ।
त्यस्तै विज्ञप्तिमा महासंघको निर्णय पक्षपातपूर्ण भएकोले त्यसको खारेजी गर्दै विधिपूर्वक निवेदन पेस गरेका पत्रकारहरुको सदस्यता बिना शर्त कायम गर्न माग गरिएको छ । केही दिन अघि एमाले निकट प्रेस चौतारीले पनि महासंघको निर्णयको विरोधमा तालाबन्दी गरेको थियो ।

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
अरुपनि पढ्नुहोस
सबै
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
















