नक्कली शरणार्थी प्रकरणमा बहस सकियो, आदेश आउन बाँकी


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकिएको छ ।
बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि शुक्रबार सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका हुन् । सरकारी वकिल कार्यालयका तर्फबाट अच्युत न्यौपाने, दिनेश भट्टराई, निर्मला मरासिनी, महेश खत्री, र लक्ष्मण घिमिरेले जवाफी बहस गरेका छन् ।
उनीहरूले अभियुक्ततर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् । सरकारी वकिलपछि जाहेरीवालातर्फका वकिलले जवाफी बहस गर्दै आफ्नो पक्षको जाहेरी कानुनसम्मत भएको र प्रमाण पु¥याउने भार सरकारी पक्षको भएको भन्दै अभियुक्तलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् ।
अदालतले आजै थुनछेक आदेश दिने तयारी गरेको छ । यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राईलगायत १८ जना प्रहरी हिरासतमा छन् ।























