गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस सञ्चालन गर्न भारतको सहमति

नवलपुर टुडे
२०८० जेष्ठ १८ | मध्यान्ह ०३:०२ बजे

काठमाडौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम)मा भारतले सहमति दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा भारतीय पक्षले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस उडान तथा अवतरण कार्यविधिमा सहमति जनाएको हो।
यससँगै अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस उडानको बाटो खुलेको छ। यसअघि आइएलएसमा भारतको सहमति नहुँदा गौतमबुद्धमा भीएफआर उडान मात्र भइरहेको थियो। अब आइएलएस उडानसमेत हुनेछ।
आइएलएस उडानमा भारतले सहमति नदिँदा मौसम अनकुलतामा उडान हुन सकेको थिएन। जसकारण विगतमा यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरेको जजिरा एयरवेजले केही महिना उडान नै रोकेको थियो।























