मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले : पर्यटनमन्त्री किराती

नवलपुर टुडे
२०८० जेष्ठ १४ | बिहान ०९:०२ बजे

काठमाडौँ, जेठ १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको बताएका छन् ।
पशुपति विकास कोषको जग्गा अपचलन भएकाे भन्दै विभिन्न टीकाटिप्पणी भइरहँदा मन्त्री किरातीले त्यसलाई लक्षित गर्दै आरोप प्रमाणित भए आफू एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…”























