राजनीति

सिंहदरबारमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल

नवलपुर टुडे
२०८० जेष्ठ १३ | बिहान ०९:०२ बजे
सिंहरदरबारमा जारी सत्ता पक्ष र प्रतिपक्षबीचको छलफल।

काठमाडौ । सिंहरदरबारमा अहिले सत्ता पक्ष र प्रतिपक्षबीच छलफल भइरहेको छ। प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्षका नेता र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो। 

पशुपतिनाथमा हालिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि एमालेका सांसदले गरेको अवरोधका कारण शुक्रबार विषय प्रवेश नगरी स्थगित प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ। 

जलहरीमा प्रश्न उठ्नासाथ किन आत्तियो एमाले?

आफ्ना अध्यक्ष ओलीलाई माओवादी केन्द्रका सांसदले संसद्मै भ्रष्टाचारको आरोप लगाएपछि त्यस विषयमा स्पष्टीकरण नदिएसम्म संसद् चल्न नदिने अडानमा एमाले छ। सोही विषयमा सहमति जुटाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच छलफल भइरहेको हो।

कमेन्टहरु