प्रहरीले सरकारी वकिल कार्यालयमा बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन

नवलपुर टुडे
२०८० जेष्ठ ८ | मध्यान्ह ०१:०२ बजे

काठमाडौं, जेठ ८ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ । ।
चैत १२ गतेदेखि अनुसन्धान सुरू गरेको प्रहरीले ६० दिन पुग्नै लाग्दा आज सोमबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।
‘प्रहरीले प्रतिवेदन ल्याएको छ । बुझिलिने काम भइरहेको छ,’ उनले भने । सरकारी वकिलले पनि यस प्रतिवेदनलाई मंगलबार अदालतमा पेश गर्नुपर्ने बताएको छ ।























