एमाले संसदीय दलको बैठक सुरु

नवलपुर टुडे
२०८० जेष्ठ ६ | मध्यान्ह ०२:०२ बजे

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफल भइरहेको सचेतक महेश बर्तौँलाले बताए।
बैठकमा भोलिबाट सुरु हुने छलफलबारे पार्टीको धारणा बनाउने बताइन्छ। सरकारको नीति तथा कार्यक्रममाथि भोलिबाट तीन दिन प्रतिनिधि सभामा छलफल हुँदैछ।
सरकारले प्रस्तुुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको भन्दै एमालेको नेताहरुले आलोचना गर्दै आइरहेका छन्।
बैठकमा अहिले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नीति तथा कार्यक्रम र आगामी बजेट कस्ताे हुनुपर्छ भन्ने सांसदहरुलाई ब्रिफिङ गरिरहेका छन्।






















