टोपबहादुरमाथि अनुसन्धान गर्न अदालतले ३ दिनको म्याद थप

नवलपुर टुडे


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न अदालतले ३ दिनको म्याद दिएको छ । जिल्ला अदालत काठमाडौँले रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको समय प्रदान गरेको हो । यसअघि पक्राउ परेका १२ जनाविरुद्ध भने अदालतले आइतबार ४ दिनको समय प्रदान गरेको थियो ।
सबैको म्याद एकैपटक सकिने गरी टोपबहादुरलाई सोमबार ३ तीन दिनको म्याद थप गरिएको हो । यसअघि एमाले सचिवबाट निलम्बित भएका उनी प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित भइसकेका छन् । रायमाझी आइतबार राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । वैशाख २० गते नै रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भएपनि उनी फरार रहँदै आएका थिए ।

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
अरुपनि पढ्नुहोस
सबै
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
















