मुख्य समाचार

पूर्वगृमन्त्री खाँणलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

नवलपुर टुडे
२०८० बैशाख ३१ | मध्यान्ह ०४:०१ बजे

काठमाडौँ, वैशाख ३१ । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दोस्रो पटक अदालतमा उपस्थित गराइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणलाई आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका खाँणलाई म्याद थप गर्ने प्रयोजनका लागि अदालतमा उपस्थित गराएको हो । 

खाँणलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालस्थित उनकै निवासबाट पक्राउ गरेको हो । सो प्रकरणमा प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित १२ लाई पक्राउ गरिसकेको छ ।

कमेन्टहरु