पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतिकलाई पक्राउ गर्न अदालतले दियो अनुमति

नवलपुर टुडे
२०८० बैशाख ३१ | बिहान ११:०१ बजे

काठमाडौँ, वैशाख ३१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएपछि अदालतले पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । शुक्रबार प्रतिकविरुद्ध जिल्ला अदालत काठमाडौले पक्राउ अनुमति जारी गरेको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए ।
नेकपा (एमाले) का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए । सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित १२ जना थुनामा छन् ।
शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।























