मुख्य समाचार

काठमाडौमा २४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने बालेन शाहको घोषणा

नवलपुर टुडे
२०८० बैशाख ३० | बिहान ११:०१ बजे

काठमाडौ, वैशाख ३० । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले २४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर शाहले काठमाडौभरि २४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्– ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’

कमेन्टहरु