मुख्य समाचार

प्रहरीका २२ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

नवलपुर टुडे
२०८० बैशाख ३० | बिहान ०७:०१ बजे

काठमाडौँ, वैशाख ३० । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले सिफारिस सुची प्रकाशन गरेको हो । 

डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रविन्द्र बहादुर सिंह, चित्र बहादुर गुरुङ, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक र रुपेश खड्का रहेका छन् ।

यस्तै मिलन केसी, भावेश रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेलको नाम पनि सिफारिस गरिएको सूचनामा उल्लेख छ । 

बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिने छ । उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ ।

photo 2023 05 13 07 22 40 photo 2023 05 13 07 22 42

कमेन्टहरु