अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले घेरे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

नवलपुर टुडे
२०८० बैशाख २९ | मध्यान्ह १२:०१ बजे

दाङ, वैशाख २९ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल घेरेका छन् ।
बिहीबार बिहान सुत्केरी हुन अस्पताल भर्ना भएकी घोराही उपमहानगरपालिका – ८ सौरीका २८ वर्षीय मधु केसीको गएराती मृत्यु भएको थियो । सुत्केरी भएकी केसीको साल नझरेपछि शल्यक्रिया गरिएकोमा अत्यधिक रक्तश्रावका कारण गएराति ११ बजे मृत्यु भएको प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
उनले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी थिइन् । अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तले क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरिरहेका छन् । अहिले अस्पताल परिसरमा आफन्तले नाराबाजी गरिरहेका छन् ।























