नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणलाई पार्टीबाट निलम्बन गर्ने तयारी, निर्णय भोलि हुने

नवलपुर टुडे


काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठक खाणकाे पक्राउमा केन्द्रित थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण बुधबार बिहान पक्राउ परेपछि देउवाले अपराह्न पदाधिकारी बैठक राखेका हुन् । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले खाणकाे पक्राउपछिकाे पार्टीको रणनीतिबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतले पार्टीका केन्द्रीय सदस्य खाणलाई निलम्बन गर्ने पर्नेमा जोड दिएका थिए । सहमहामन्त्री महेन्द्र यादवले भने खाणलाई षड्यन्त्र पूर्व पक्राउ गरिएको भन्दै लाेकतन्त्रमाथि खतरा रहेको बताएका थिए ।
आजको बैठकले खाण बारे कुनै निर्णय भने नलिएको प्रवक्ता प्रकाशशरण महतले बताए । उनका अनुसार भोलि दिउँसो २ बजे बस्ने पदाधिकारी र पूर्व पदाधिकारीसहितकाे बैठक बस्ने छ । एक पदाधिकारीले भने,”आज छलफल भएको छ । भोलि पदाधिकारी र पूर्वपदाधिकारीकाे बैठक बसेर निलम्बनबारे निर्णय हुन्छ ।”
खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरेर नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको पक्षमा कांग्रेस उभिने ती पदाधिकारीले बताए ।

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
अरुपनि पढ्नुहोस
सबै
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
















