सार्वजनिक अडियो फेक भएको भन्दै आरजुले दिइन् साइबर ब्यूरोमा उजुरी

नवलपुर टुडे
२०८० बैशाख २७ | मध्यान्ह ०५:०१ बजे

काठमाडौँ, वैशाख २७ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु देउवा राणाले साइबर ब्यूरोमा उजुरी दिएकी छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक अडियोको छानबिन गर्न माग गर्दै उजुरी दिएकी हुन् ।
आरजुले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त अडियो फेक भएको दाबी गर्दै बदनियत पूर्ण ढङ्गबाट बदनाम गराउने उद्देश्यले नियोजित रूपमा रेकर्ड गराइएकोले दोषीलाई कारबाही गर्न माग समेत गरेकी छन् ।
उनले उक्त अडियो बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही गर्न आग्रह गरेकी छन् ।
























