टोपबहादुर रायमाझीले पठायो संसद सचिवालयलाई बिरामी भएको पत्र

नवलपुर टुडे
२०८० बैशाख २७ | मध्यान्ह ०२:०१ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीले आफू बिरामी रहेको पत्र संसद सचिवालयलाई पठाएका छन् ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीले बिरामी भएको पत्र पठाएको र पत्र प्राप्त भएको जानकारी दिए । एमाले केन्द्रीय सचिव समेत रहेका रायमाझीलाई पार्टीले बुधबारै पदबाट निलम्बन गरेको छ ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार रहेका थिए । गत बुधबार रायमाझीलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उक्त प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् ।























