प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

नवलपुर टुडे
२०८० बैशाख २५ | मध्यान्ह ०८:०१ बजे

काठमाडौं, वैशाख २५ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ ।
सोमबार बसेको संवैधानिक परिषदको बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई नै वरिष्ठताको आधारमा प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत सिफारिस गरेको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् ।
संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ । कार्की गत असोजदेखि सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गर्दै आएका छन् ।























