मुख्य समाचार

टुकुचा खोलामाथि बनेका संरचना अवैध, मन्त्रालयलाई लगत कट्टा गर्न महानगरको पत्र

नवलपुर टुडे
२०८० बैशाख २५ | मध्यान्ह ०७:०१ बजे
फाइल तस्बिर

काठमाडौ । काठमाडौं महानगरपालिकाले टुकुचा खोलामाथि बनाइएका संरचनाको लगत कट्टा गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र मन्त्रालयलाई पत्र पठाएको छ ।

टुकुचा खोलाभित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने बताउँदै महानगरले लगत कट्टा गर्न मन्त्रालयलाई पत्र लेखेको हो । मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारीरसार्वजनिक जग्गा मानेको छ ।

सोही ऐनको दफा २४ (२) ले सरकारीरसार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र  सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको पत्रमा उल्लेख छ।

कमेन्टहरु