मुख्य समाचार

बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प

असिम कामु
२०८० बैशाख १५ | बिहान ०५:०१ बजे

काठमाडौँ, वैशाख १५ । नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका जिल्लाहरुका अतिरिक्त देशका विभिन्न भागमा पनि महसुस गरिएको थियो । भूकम्पसँगै मानिसहरूको भागाभाग भएको थियो । यद्यपि कूनै भौतिक तथा मानवीय क्षतिको विवरण भने बाहिर आएको छैन ।

पछिल्लो समय बाजुरा केन्द्रविन्दु भएर लगातार भूकम्प गईरहेको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

कमेन्टहरु