मकै बालीमा देखियो अमेरिकी फौजी कीराको प्रकोप

नवलपुर टुडे


म्याग्दी, वैशाख १४ । म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानकी किसान रमिला बूढा मकै बालीमा अमेरिकन फौजी कीराको आक्रमणले सताएपछि चिन्तित छिन् । हरियाली बनेको मकै कीराका कारण क्षति पुगेकाले उत्पादनमा घट्ने उनको गुनासो छ ।
“करिब चार रोपनी जमिनमा मकै लगाइएकोमा कीरा लागेर हैरान पारेको छ, गतवर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र कीराको प्रकोपले समस्या सिर्जना गर्छ”, उनले भनिन् ।
जिल्लाका दरवाङ, बाबियाचौर, ताकम, बिम, देविस्थान, ज्यामरुककोट, भकिम्ली लगायतका गाउँमा लगाएको मकैमा मौसमको प्रतिकूलताका कारण फौजी कीराको प्रकोप देखिएको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा कतै मकै भर्खरै उम्रेको छ भने कतै गुवा हाल्दै गरेको र गोडमेल गर्ने समय भएको छ । सबै मकैका बोटमा फौजी कीराको प्रकोप बढ्न थालेपछि किसान चिन्तित भएको केन्द्रको भनाइ छ ।
केन्द्रका प्रमुख किरन सिग्देलले मकैमा अमेरिकन फौजी कीराको प्रकोप देखिन थालेको भन्दै कीराले मकैको पात र गुभा खाने गरेको बताए ।
जिल्लाको रत्नेचौर, ज्यामरुककोट लगायतका क्षेत्रमा सञ्चालित आइपिएम किसान पाठशालाका प्रशिक्षक क्षेत्रबहादुर कटुवालले यो वर्ष कीराले मकैको बोट खान थालेको र गर्मी बढ्दै जाँदा रोग कीराको प्रकोप फैलिनसक्ने जोखिम पनि बढ्दै जाने बताए ।
मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँका अनुसार वयस्क कीराले मकै वा अन्य बालीको पात र गुभामा अण्डा पार्छ । करिब दुई हप्तासम्म लार्भा अवस्थामा रहने यो कीराले सबैभन्दा बढी क्षति नै लार्भा अवस्थामा पुर्याउँछ ।
करिब एक हप्ताको वयस्क अवस्थामा उडेर टाढा–टाढासम्म पुगेर अण्डा पार्ने भएका कारण छोटो समयमा नै यसको प्रकोप फैलिने उनको भनाइ छ ।
म्याग्दीका विभिन्न छ स्थानीय तहका १४ समूहले मकैको बीउ उत्पादन गरिरहेका छन् । ती समूहलाई अमेरिकन फौजी कीराको प्रकोपबारे केन्द्रले जानकारी गराएको छ । फौजी कीराले रातिको समयमा बढी क्षति गर्ने गरेको कृषि प्राविधिक बताउँछन् ।
फौजी कीरा बढी नै खन्चुवा खालको हुने भएकाले जति बेला पनि मकैको बोट खाइरहने प्राविधिकको भनाइ छ । कीराको लार्भाले धान, गहुँ, कोदो, उखु, तेलहन बाली, लहरेबाली, काउली बाली, भटमास, प्याज, गोलभेँडा, आलुलगायतका बालीमा पनि क्षति पुर्याउने गरेको छ ।
यसको व्यवस्थापनको लागि खेतबारीमा नियमित अवलोकन गर्ने, बालीको बीचमा ‘डेस्मोडियम’ घाँस लगाउनुपर्ने कृषि प्राविधिकको सुझाव छ । रासस

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
अरुपनि पढ्नुहोस
सबै
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
















