खेलकुद

रानीमहलमा हुने राष्ट्रिय बिच भलिबल प्रतियोगिता बैशाख २८ गतेबाट

नवलपुर टुडे
२०८० बैशाख ८ | मध्यान्ह ०४:०१ बजे

पाल्पा, वैशाख ८ । पाल्पाको रानीमहलमा हुने राष्ट्रिय बिच भलिबल प्रतियोगिता आगामी बैशाख २८ गतेबाट सुरु हुने भएको छ । सञ्जय मेमोरियल फाउन्डेसनले आयोजना गरेको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । 

महिला टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त हुने भएका कारण यस संस्करणमा पुरुषतर्फमात्र प्रतिस्पर्धा हुने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताइन् । मास्केले तेस्रो संस्करणबाट प्रतियोगितालाई अन्तर्राष्ट्रिय रुपमा लैजाने तयारी गरिरहेको बताइन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग र नेपाल भलिबल संघले स्वीकृत प्रदान गरेको प्रतियोगितामा सात प्रदेश, तीन विभाग र आयोजक गरी ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिग र नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ, तेस्रो हुनेले ५० हजार र सान्त्वना टिमले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । 

प्रतियोगितामा सहभागी हुने टिमलाई खाना, बस्ने र यातायात खर्चसहित बिमाको ब्यवस्था आयोजकले गर्ने जनाइएको छ ।

कमेन्टहरु