६५ रन बनाएका नदिम आउट, नेपाललाई सातौं सफलता

नवलपुर टुडे
२०८० बैशाख ८ | मध्यान्ह ०४:०१ बजे

काठमाडौ । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले सातौं विकेट लिएको छ। ६५ रन बनाएर खेलिरहेका महोमद नदिमलाई ४२.२ ओभरमा करण केसीले पेबेलियनको बाटो देखाइदिएका हुन्।
यसअघि नेपालका लागि सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक १०८ रन बनाए। कीर्तिमानी शतक प्रहार गरेका कुशलले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे। यस्तै सोमपाल कामीले पनि ६३ रन बनाउँदै अर्धसतकीय पारी खेले। ४८ बलमा उनले ९ चौका प्रहार गरे।























