खेलकुद

नेपाललाई पाँचौं सफलता

नवलपुर टुडे
२०८० बैशाख ८ | मध्यान्ह ०४:०१ बजे

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ। नेपालका स्पिनर सन्दीप लामिछानेको घातक बलिङले ओमान संकटमा पुगेको हो ।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले ५ विकेट गुमाएर २४ ओभरको समाप्तिमा १०९ रन मात्र जोडेको छ ।

हालसम्म नेपालका लागि सन्दीप लामिछानेले तीन, ललित राजवंशी र सन्दीप ऐरीले एक–एक विकेट लिएका छन् । 

ऐरीले २२‌.५ ओभरमा आउट गराएका आयान खानले २८ बलमा २९ रन बनाए । स्पिनर ललितनारायण राजवंशले जतिन्दर सिंहलाई १५ रनमा बोल्ड गर्दा सन्दीपले १३ औं ओभरको तेस्रो बलमा विकेट किपर आदिल शफिकलाई १३ रनमा एलबीडब्लू आउट गरे ।

यसै ओभरको अन्तिम बलमा सन्दीपले कप्तान जिशान मकसुदलाई शून्यमा बोल्ड गरे । सन्दीपले अर्को ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई २५ रनमा एलबीडब्लू आउट गरे ।

कमेन्टहरु