काठमाडौं टिम च्याम्पियन

नवलपुर टुडे


काठमाडौ । काठमाडौंले १३ औं राष्ट्रपति रनिङ सिल्ड वागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो ।
प्रदेश खेलकुद विकास परिषद्, वागमतीद्वारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णकासाथ दोस्रो भयो । तेस्रो स्थानको मकवानपुरले ६ स्वर्ण हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारेको प्रदेश खेलकुद विकास परिषद्, वागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरीले जनाएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन छात्रको भलिबलमा चितवन पहिलो, धादिङ दोस्रो तथा मकवानपुर र ललितपुर तेस्रो भए । छात्रामा काठमाडौंले स्वर्ण, मकवानपुरले रजत तथा काभ्रे र ललितपुरले काँस्य जिते ।
कबड्डीको छात्रमा काभ्रे पहिलो, काठमाडौं दोश्रो तथा धादिङ र मकवानपुर तेश्रो बने । छात्रामा काठमाडौं विजेता, धादिङ उपविजेता तथा मकवानपुर र भक्तपुर तेस्रो बने । विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, वागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेपका बोर्ड सदस्यद्वय अञ्जन धमला र प्रकाश कुसारी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उप–महासचिव पिताम्बर तिम्सिना, प्रचारप्रसार शाखाका प्रमुख खुशराज दाहाल, नेपाल कराँते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु गरी ६ खेलमा ५२ स्वर्णका लागि प्रतिष्पर्धा भएको थियो । प्रदेश खेलकुद विकास परिषद्, वागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरीका अनुसार जम्मा १ हजार २ सय ९ खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















