प्रधानमन्त्री प्रचण्डद्वारा काठमाडौं-तराई फास्टट्रय्राकको अनुगमन

नवलपुर टुडे


मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई फास्टट्रय्राकको अनुगमन गरेका छन् ।
मंगलबार नेपाली सेनाको हेलिकोप्टरबाट मकवानपुरको पूर्वीक्षेत्रमा पर्ने बकैया गाउँपालिका ५ स्थित राजदमारमा स्थलगत अनुगमनसँगै स्थानीयको गुनासो र जिज्ञासा सुनेका थिए । प्रधानमन्त्री दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा फास्टस्ट्य्राकको शिलान्यास गरेका थिए । तराईलाई संघीय राजधानीसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएका कारण यस आयोजनालाई गौरवको आयोजनाको पहिलो प्राथमिकतामा राखिएको छ । फास्टस्ट्य्राक बारा, मकवानपुर र ललितपुर जिल्ला भएर राजधानी जोडिन्छ ।
प्रधानमन्त्रीले मकवानपुरको मकवानपुरको बकैया गाउँपालिकाको लेनडाडा र राजदमार तथा भिमफेदी गाउँपालिकाको महादेवटारमा स्थलगत अवलोकन गरेका थिए । सरकारले २०७४ साउन २७ मा द्रूतमार्गको काम नेपाली सेनालाई सुम्पेको थियो । सेनाले ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाए पनि कहिले सकिन ठेगान छैन ।
प्रधानमन्त्रीसँग रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला तथा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल तथा सांसदको उपस्थिति थियो ।

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
अरुपनि पढ्नुहोस
सबै
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
















