चितवनको निर्माणाधीन क्रिकेट रंगशालामा अन्डर १६ क्रिकेट छनोट प्रतियोगिता मंगलबारबाट सुरु हुँदै

नवलपुर टुडे


चितवन । चितवनको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा अन्डर १६ क्रिकेट छनोट प्रतियोगिता हुने भएको छ ।
बागमती प्रदेश क्रिकेट संघ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा भरतपुर मेयरकप वाग्मती प्रदेश अन्डर– १६ क्रिकेट छनोट प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिता यही वैशाख ४ गते (भोलि) देखि सुरु भएर वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल क्रिकेट संघले मान्यता दिएका ६ जिल्ला टिमको सहभागिता रहनेछ । काठमाडौं, भक्तपुर र मकवानपुर समूह ‘ए’ मा छन् भने ललितपुर, चितवन र नुवाकोट समुह ‘बी मा छन् । प्रतियोगिता लिगका आधारमा खेलाइनेछ । दुई समूहबीचका समूह विजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
विधागततर्फ म्यान अफ द सिरिज, म्यान अफ म्याच, बेष्ट ब्याटर र बेष्ट बलरलाई गिफ्ट ह्याम्परको व्यवस्था गरिएको वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले बताए । म्यान अफ म्याचको उपहार सौजन्य मन्च टाइम क्याफेले गर्नेछ । यस प्रतियोगितामा सहभागी खेलाडीमध्येबाट नै वाग्मती प्रदेशको अन्डर १६ को टोली तयार गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित कुल ८ लाख खर्च हुने चितवन जिल्ला क्रिकेट संघका सचिव उमेश पियाले बताए । जिल्लामा क्रिकेट गतिविधि कम हुँदै गएकाले पनि यस किसिमको प्रतियोगिताले क्रिकेटलाई चलायमान बनाउने उनले बताए । उद्घाटन खेलमा भोलि काठमाडौं र भक्तपुर बिहान ८ बजे आमनेसामने हुनेछन् । प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गर्ने आयोजकले जनाएको छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















