शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

नवलपुर टुडे
२०८० बैशाख २ | बिहान ०९:०१ बजे

काठमाडौँ, बैशाख २ । शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।
जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए ।























