आईपीएल क्रिकेटमा कोलकतासँग बेंग्लोर पराजित

नवलपुर टुडे


काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको छ। कोलकताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो।
गएराति इडेन गार्डेनमा भएको खेलमा कोलकताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बेंग्लोर १७ ओभर ४ बलमा १ सय २३ रनमा समेटियो। बेंग्लोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । कोलकताका वरुण चक्रवर्तीले ४, सुयश शर्माले ३ तथा सुनिल नारेनले २ विकेट लिए।
त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो। कोलकताका शार्दुल ठाकुरले सर्वाधिक ६८ रन तथा रहमानुल्लाह गुर्वाजले ५७ रन बनाए । आईपीएल क्रिकेटमा गुर्वाजको यो पहिलो अर्धशतक पनि हो।
त्यस्तै रिंकु सिंहले ४६ रन जोडे। बेंग्लोरका डेबिड बिल्ली र कर्ण शर्माले समान २/२ तथा मोहम्मद सिराज, हर्षल पटेल र माईकल ब्रेसवेलले समान १/१ विकेट लिए। पहिलो जितमा दुई अंकका साथ कोलकता तालिकाको तेस्रो स्थानमा रहेको छ । बेंग्लोर २ खेलमा २ अंकसहित सातौं स्थानमा छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















