प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसंगै कांग्रेसले बाेलायाे कार्यसम्पादन समितिकाे बैठक

नवलपुर टुडे


काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारकाे तयारी गरिरहेका बेला प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएकाे छ ।
बैठक भाेलि (मंगलबार) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बाेलाइएकाे कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा सरकारमा सहभागिता र मन्त्री छनाेटबारे छलफल हुने बताइएकाे छ । सरकारले दाेस्राेपटक विश्वासकाे मत पाइसक्दासमेत प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
प्रधानमन्त्रीकाे दल नेकपा माओवादी केन्द्रले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेकाे थियाे । तर कांग्रेसले मंगलबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएपछि मन्त्रिपरिषद् विस्तारमा थप ढिलाइ हुने अनुमान गरिएकाे छ ।

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
अरुपनि पढ्नुहोस
सबै
मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
















