वीरगञ्ज यूनाइटेड क्वाटर फाइनलमा

नवलपुर टुडे


बारा । वीरगञ्ज युवा क्लव १३ औं जीतपुर सिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बागमती युवा क्लबलाई ३-० ले पराजित गर्दै वीरगञ्ज यूनाइटेड क्लबले क्वाटर फाइनलमा स्थान पक्का गरेको हो ।
वीरगञ्जको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमतीविरुद्ध दोस्रो हाफमा वीरगञ्ज हाबी भयो । बागमतीविरुद्ध खेलको ५४औं मिनेटमा विवेक चौधरीले अग्रता लिए । १-० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले ५६औं मिनेटमा अग्रता दोब्बर पारे ।
खेलको ८४औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै वीरगञ्जलाई ३-० को फराकिलो अग्रता दिलाए ।वीरगञ्जको जीतमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद र ट्रफि हातपारे ।
प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाइनल खेलमा शनिबार केबिए ग्लोबाल भरतपुर फुटबल क्लब र मकवानपुर ११ विच प्रतिष्पर्धा हुनेछ । भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको हो ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















