एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

नवलपुर टुडे
२०७९ चैत्र ६ | मध्यान्ह ०१:१२ बजे

काठमाडौँ, चैत ६ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।
सोमबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत नदिने बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्ड जंगवहादुर शैलीमा उत्रिएको र आफूले प्रधानमन्त्री बनाएको भोलिपल्टैदेखि इमान छाडेको आरोप पनि लगाए ।
ओलीले संसदीय मर्यादाका सवालमा एमाले सांसदहरुलाई एकस्वरले संसदमा प्रस्तुत हुन निर्देशन समेत दिएका छन् ।






















