खेलकुद

स्कटल्याण्डमाथि नेपालको सान्दार जित

नवलपुर टुडे
२०७९ फाल्गुन ५ | मध्यान्ह ०४:११ बजे

काठमाडौं, फागुन ५ । नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएर जित हासिल गरेको छ । 

काठमाडौंमा जारी आईसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर जित निकालेको हो ।

मध्यक्रममा दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी अर्धशतकको सहयोगमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

स्कटल्यान्डले दिएको २७६ रनको लक्ष्य पछ्याउँदै नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेको हो ।

कमेन्टहरु