खेलकुद

महिला टी-२० विश्वकपः श्रीलंकामाथि अष्ट्रेलिया १० विकेटले विजयी

नवलपुर टुडे
२०७९ फाल्गुन ५ | बिहान ०७:११ बजे

काठमाडौ । दक्षिण अफ्रिकामा जारी महिला टी-२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले सानदार जित निकालेको छ।

प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा श्रीलंकालाई १० विकेटले हराउँदै अष्ट्रेलिया सेमिफाइनल नजिक पुगेको छ।

जितको लागि १ सय १३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १५.५ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो। उसका लागि ओपनरद्वय एलिसा हेली र बेथ मुनी दुबै ले अर्धसतकीय इनिङ्स खेले।

विकेटकिपरसमेत रहेकी हेलीले ४३ बलमा ६ चौका र १ छक्कासहित ५४ रनमा अविजित रहिन्। यस्तै बेथ मुनी ५३ बलमा ७ चौकासहित ५६ रनमा अविजित रहिन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो। उसका लागि ओपनर हर्षिता माधवीले ४० बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाइन्। विष्मि गुणरत्नेले २४, चमारी अथापथुले १६ रन जोडिन्। अष्ट्रेलियाकी मेगन स्कटले सर्वाधिक ४ विकेट लिइन्।

यो जितसहित समूह ए मा रहेको अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ। अष्ट्रेलियाले समूह चरणको अन्तिम खेल आगामी शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ। अष्ट्रेलिया उक्त खेलमा विजयी हुँदा अपराजित रहँदै सेमिफाइनलमा पुग्नेछ।

यस्तै पराजित श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ। दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ। एजेन्सी

कमेन्टहरु