नामिवियाविरुद्ध नेपालको कीर्तिमानी जित

नवलपुर टुडे


काठमाडौ, फाल्गुन २ । आईसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले कीर्तिमानी जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा नामिवियालाई दुई विकेटले हराउँदै नेपालले जित दर्ता गरेको हो ।
कुशल भुर्तेलको शतकीय पालिको मद्धतले १४ बल बाँकी छँदै २ सय ८६ रनको विशाल लक्ष्य पूरा गर्दा नामिविया पहिलो पटक लिग २ मा नेपालसँग स्तब्ध हुनपुग्यो । एकदिवसीय क्रिकेटमा नेपालले पूरा गरेको यो अहिलेसम्मकै उच्च लक्ष्य हो ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रन जोड्दा अलआउट भएको थियो । नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिएका थिए । करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन दिए । सन्दीप लामिछानेले ३ विकेट लिए ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















