बुटवलमा फागुन ४ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने


बुटवल, फाल्गुन २ । बुटवलमा यही फागुन ४ गतेदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताका संयोजक हरिप्रसाद श्रेष्ठका अनुसार सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
प्रतिगोगिता अन्तरगत फिल्ड हाइजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दो लगायत खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी हुने श्रेष्ठले बताए ।
प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षा ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको एक महिनाको बिमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिनेछ ।























