खेलकुद

भारत बलरामपुरमा भएको क्रिकेट प्रतियोगिता नवलपुर टुडेका पत्रकार चौधरीद्वारा उद्घाटन

नवलपुर टुडे
२०७९ माघ २७ | मध्यान्ह ०२:१० बजे

कपिलवस्तु । भारत महात्मा रामबरन दास जी प्रतियोगित क्रिकेट हरनहवा परसिया पचपेड़वा बलरामपुर सुरु भएको छ ।भारत बलरामपुर पचपेड़वा हरनहवा परसिया राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संगम युवा आयोजनामा हुन लागेको भएको क्रिकेट प्रतियोगित नवलपुर टुडेका कपिलवस्तुका पत्रकार धर्मेन्द्र चौधरीले उद्घाटन गर्नु भएको छ।

उद्वघाटन गर्दै पत्रकार अतिथि धर्मेन्द्र चौधरीले स्थानीयस्तरमा आयोजना गरिने क्रिकेट प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्नु का साथै खेलबाट मस्तिक र शारीरिक बिकास हुन्छ । ‘खेलले गर्दा रोगहरु लाग्दैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ देशमा भौतिक बिकासको साथै खेलको बिकासमा युवाहरुको आवश्यकता रहेको पत्रकार एवंम अतिथि चौधरीले बताए ।

त्यस्तै उद्घाटन कार्यक्रममा बाेल्दै प्रधान सन्तोष चौधरी जनता समाजवादी पार्टीका युवा खेलाडीलाई शुभकामना दिदै बलरामपुरका खेलाडीहरुलाई खेलकुदका सामग्री उपलब्ध गराउनु पर्ने बताउनु भयो । युवाहरुलाई खेलकुदको माध्यमबाट अगाडि बढ्नकाे लागि अग्रह गर्दै महात्मा रामबरन दास जी क्रिकेट (अध्यक्ष) एम डी मुस्तफाले युवालाई कसरी अगाडि बढाउन सकिन्छ अर्थिक, भाैतिक, सामाजिक सबै तर्फबाट सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।

क्रिकट प्रतियोगीतामा राकेश कुमार यादव, अनिल चौधरी, आनंद कुमार यादव, संतोष चौधरी र विनोद विश्वकर्मासमेतको उपस्थिति रहेको थियो ।

कमेन्टहरु