संसदमा रविको बचाउ गर्दै ओली : फैसलाले कसलाई न्याय भयो ? रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?’

नवलपुर टुडे


काठमाडौं, माघ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसदमा प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोलेका ओलीले सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताए । यो फैससलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उनले बताए । तर, यो फैसलाले आफ्नो मनमा केही प्रश्न आएको उनले बताए ।
उजुरीकर्तालाई के मर्का पर्यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको ओलीले बताए । असम्बन्धित व्यक्तिले निवेदन दिएको उनको दाबी छ । संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने ओलीले बताए । उनले अघि भने, ‘रवि लामिछानेले ढोका खुला देखेर फुत्त पसेको होइन । निर्वाचन आयोगले उम्मेदवार हुन पाउछ भनेर सदर गरेको र चुनाव लड्दा अत्याधिक मतले आफ्नो प्रतिनिधि छानेको हो ।’
सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर फैसला गरेको भन्दै उनले अघि भने, ‘त्यतिमा सांसद पद गयो, पार्टी अध्यक्ष गयो, गृहमन्त्री गयो, उपप्रधानमन्त्री गयो । धेरै चिजमा धक्का भयो ।’ उनले अगाडि भने, ‘न्याय भयो कि भएन ? रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?’

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
अरुपनि पढ्नुहोस
सबै
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
















