खेलकुद

सृजना पुस्तकालयद्वारा प्रथम गोल्डकप सुरु

नवलपुर टुडे
२०७९ माघ २२ | बिहान ०८:१० बजे

लहान, माघ २२ । सिरहाको लहान नगरपालिका वडा नं.११ पडरियामा प्रथम सृजना गोल्डकप फुटवल प्रतियोगिताको आरम्भ भएको छ । फुटवल प्रतियोगिता सृजना सामुदायिक पुस्तकालयको आयोजनामा संचालन रहेको गोल्डकपमा सिरहा, सप्तरीका १० वटा टिमले भाग लिएको पुस्तकालयका सह सचीव धर्मराज चौधरीले जानकारी दिए ।

पुस्तकालयका अध्यक्ष खडक नारायण चौधरीको अध्यक्षतामा फुटवल प्रतियोगिता सुरु भएको छ भने प्रमुख अतिथि सिरहा क्षेत्र नं.१ (क) का मधेस प्रदेशका सभा सदस्य राजेन्द्र प्रसाद चौधरीले गोल्डकपको उद्वघाट गर्नु भएको थियो । शनिवार पहिलो खेल खेल्दै सिरहाको लहान नगरपालिका वडा नं.१२ भोटियाटाेल भर्सेज सप्तरीको सुरुङ्गा नगरपालिका – ५ कुशहाले खेल खेलेका थिए। फाल्गुन १ गतेसम्म फुटवल खेल प्रतियोगिता संचालन रहने प्रथम हुने टिमलाई ३५ हजार १ सय ५५ र दोस्रो हुने टिमलाई २१ हजार १ सय ५५ रुपैयाँ र कप मेडल पाउने सृजना गोल्डकप प्रतियोगिताका खेलकुद संयोजन बिजय आनन्द कुमार चौधरीले बताए ।

आयोजित खेल प्रतियोगिता भरि सृजना पुस्तकालयका सह सचिव धर्मराज चौधरीले पानी खर्च बेहोर्ने र खेल प्रतियोगितामा सबैको साथ सहयोग रहेको खेलकुद कमिटीले जानकारी दिए ।

कमेन्टहरु