प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

नवलपुर टुडे
२०७९ माघ १० | मध्यान्ह ०२:१० बजे

काठमाडौं, माघ १० । आज बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । बैठकले २१ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल रहेका छन् । यस्तै, महेश बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवास नेम्वाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।
आजको बैठकमा सांसद देवेन्द्रराज पौडेलले समिति गठन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । बैठकले उक्त प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।






















