म्याच फिक्सिङको आरोपमा दुई क्रिकेटर खेलाडी पक्राउ

नवलपुर टुडे


ठमाडौं, माघ १० । नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ ।
एक जनालाई विराटनगर र एक जनालाई राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको सिआइवी स्रोतले जनाएको छ । गत पुसमा काठमाडौँमा उक्त लिग भएको थियो । त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइवीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो ।
अनुसन्धान टोलीले अनुसन्धान सकेको र मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरिएको सिआइबीका एक प्रहरी अधिकृतले बताए ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















