जीवनको चाहना योग शिक्षा र साधना भन्ने नाराका साथ कृष्णनगरमा योग दिवस मनाईयो

नवलपुर टुडे


अजय मिश्र
कृष्णनगर, माघ १ । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज जीवनको चाहना योग शिक्षा र साधना भन्ने नाराका साथ राष्ट्रीय योग दिवस मनाइएको छ l
कृष्णनगर नगरपालिका अन्तर्गत संचालित नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखा) को आयोजनामा सरसफाई तथा योगाभ्यास गरि मनाएको छ l
नगरका प्रत्येक नागरिकलाई योग अपरिहार्यताको बोध गराउन, सबैलाई योगमय गराई स्वास्थ्य जीवनको परिकल्पनालाई साकार पार्ने, दिर्घकालिन रोगको नियन्त्रण गर्ने प्रमुख उदेश्यका साथ राष्ट्रिय योग दिवस कृष्णनगरमा मनाइएको जानकारी नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर प्रमुख कविराज नागेश्वर मिश्रले दिए l
विहान ६:३० देखि ७:३० सम्म योग शिविर संचालन गरि त्यस पछि कृष्णनगर बजारमा सरसफाई गरि कृष्णनगरको मुटु मनेर चिनिने गोलघर चोकमा सभा आयोजना गरि कार्यक्रम समापन गरिएको थियो l
कार्यक्रममा वडाध्यक्ष कृष्ण कुमार गुप्ता, राहुल मोदनवाल, नारायण कनोडिया, पुष्कर गुप्ता, प्रवेज पाठक, विनय गिरि, चन्द्रभान पाण्डेय, सुरेन्द्र प्रसाद शुक्ल, लगायत जनप्रतिनिधि, समाजसेवी, शिक्षक, बुद्धिजीवी, शिक्षाप्रेमी, नेपाल प्रहरी, सशस्त्र प्रहरी पत्रकार लगायतको उपस्थित मा कार्यक्रम सभ्य र भव्य रूपमा सफल गरिएको थियो l

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















