Opens in a new tab

लुम्बिनी अलस्टार्सले काठमाडौंलाई दियो १५१ रनको लक्ष्य

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौ । जारी नेपाल टी–२० लिगमा अपराजित लुम्बिनी अलस्टार्सले काठमाडौं नाइट्सलाई १५१ रनकोे लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रनको योगफल तयार  पार्‍याे ।

लुम्बिनीका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले २७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४० रन जोडे । ओपनर लाहिरु मिलन्था १८ बलमा २ छक्कासहित २५ रनमा आउट हुँदा कुशल भुर्तेलले १६ बलमा ३ चौकासहित १९ रनको योगदान गरे । हर्मितसिंह १२ रन, र अनिल शाह १३ रनमा आउट हुँदा सेड्ली भान स्केल्कवेक २१ रनमा अविजित रहे ।

काठमाडौंको वलिङमा अन्मतुल्लाह ओमारजाईले ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए । अविनाश बोहरा, अनिल खरेल, वसिर अहमद, सुनम गौतम र एलेक्स ब्लेकले समान १ विकेट लिए । आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र फार वेस्र्टन युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

किवीले दिएको सफलताको स्वाद

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे