खेलकुद

पहिलो संस्करणको नेपाल टी-२० लिगमा जनकपुर रोयल्सको लगातार दोस्रो जित

नवलपुर टुडे
२०७९ पुस ११ | मध्यान्ह ०७:०९ बजे

काठमाडौ । पहिलो संस्करणको नेपाल टी-२० लिगमा जनकपुर रोयल्सले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा उसले सोमबार विराटनगर किग्संलाई ५ विकेटले हरायो । पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ५ विकेटले हराएको थियो ।

दोस्रो म्याचमा विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको जनकपुरले अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि चाडविक वाल्टनले अविजित पारी खेले । ५५ बलको सामना गरेका उनले पाँच चौका र चार छक्कासहित अविजित ६९ रन बनाए । त्यस्तै, कप्तान ट्रेभोन ग्रिफिथले २५, शरफुदिन असरफले २३ र आदिल आलमले अविजित १० रनको योगदान दिएका थिए।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । विराटनगरका लागि नन्दन यादव, हुसेन तलत र रिजन ढकालले एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगर १९.५ ओभरमा १४० रनमै अलआउट भयो । उसका लागि सिकन्दर राजले ३८, रोहित पौडेलले ३२, हुसेन तलतले २८, अर्जुन साउँदले १८ र विवेक यादवले १० रन बनाए।बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

जनकपुरका लागि स्पिनर ललित राजवंशीले पाँच, मोहम्मद आदिल आलम, केस्रिक विलियम्सले दुई/दुई तथा सोमपाल कामीले एक विकेट लिए । लगातार दोस्रो जित निकालेको जनकपुरले ४ अंक जोडेको छ । ऊ तालिकाको दोस्रो स्थानमा छ । त्यस्तै, लगातार दोस्रो हार बेहोरेको विराटनगर भने तालिकाको पाँचौं स्थानमा छ । विराटनगर पहिलो खेलमा लुम्बिनी अल स्टार्ससँग तीन रनले पराजित भएको थियो । ललितले गरे करियरकै उत्कृष्ट बलिङ र स्पिनर ललितनारायण राजवंशी थिए ।

कमेन्टहरु