मुख्य समाचार

क्यूआरटी टोली प्रमुख कार्कीले मचाए पर्साको सीमा नाकाहरूमा चन्दा आतंक

नवलपुर टुडे
२०७९ पुस १ | मध्यान्ह ०१:०९ बजे

रंजित चौरसिया
पर्सा, १ पुस । जिल्ला प्रहरी कार्यालय पर्साको टाइगर टोली प्रमुख प्रहरी हवलदार सुरेन्द्र कार्कीले जिल्लामा चान्दा आतंक मचाएका छन । स-साना खुदरा ब्यपारीका साथ साथै ठुला बडा तस्करहरू संगसमेत लाखौ मासिक नजराना बुझे पश्चात् प्रहरी हवलदार कार्कीको बिषयमा उजागर भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट क्यू.आर.टी टोलीको नाममा एक प्रहरी संगठन खडा गरेको र कुनै किसिमको अपराधी क्रियाकलापका साथ साथै अबैध क्रियाकलापको बिषयमा खबर आउनसाथ तुरून्तै घटना स्थलमा पुग्ने गरेको भनिएपनि आफ्नो वर्दीको आडमा प्रहरी हवलदार कार्कीले कमाइ खाने भाडो बनाएका छन । बिरगंजको भंसार, इनर्वा, नगवा, ईनर्वा गाउँ, भकुवा, छपकैया, श्रीसिया, अलौ, लगायत विभिन्न नाकाबाट खुल्याम तस्करी गराउन क्यूआरटी टोलीका प्रमुख कार्कीको अहम भुमिका रहेको बुझिन्छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले आफ्नो कार्य क्षेत्रभित्र कडा रूपले निगरानी बढाउन क्यूआरटी टोलीका प्रमुख प्रहरी हवलदार सुरेन्द्र कार्कीलाई जिम्मेवारी दिएपनि आफनै हाकिमको आदेशलाई खिल्ली उडाउदै कार्कीले कमाई खाने भाडो बनाएको केही प्रमाणहरू फेला परेको छ । प्रहरी हवलदार कार्कीले विभिन्न तस्करसंग गरि मासिक २० लाख भन्दा बढी रकम उठाउने गरेको श्रोतको दाबी रहेको छ ।

सीमा नाकाबाट तस्करी गराउन सिपालू रहेका प्रहरी हवलदार सुरेन्द्र कार्कीले आफ्नो वर्दीका साथ साथै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतकोसमेत धज्जी उडाएको पाइन्छ । तसर्थ : यस्ता गतिविधिलाई बढावा दिने प्रहरी हवलदार सुरेन्द्र कार्की माथी प्रहरी उपरीक्षक बस्नेतको ध्यान जान अति अवाश्यक देखिन्छ ।

कमेन्टहरु